
भक्तपुर ११ असार ।
भोली बिहिवारसम्म यस वर्षको एसइई परिक्षाको नतिजा सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनु भयो। परिक्षा नियन्त्रण कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याचको काम सकेर नतिजा प्रकाशनको लागी अन्तिम तयारी भइरहेको पौडेलको भनाइ छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइई परिक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धि परिक्षा तर्फ २१ हजार परीक्षार्थीले परिक्षामा सहभागी भएका थिए ।












प्रतिक्रिया दिनुहोस