
नारी बाटिका
काठमाडौं २३ असार ।
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १९ जनाले ज्यान गुमाएका छन् । साथै चट्याङकै कारण अन्य सात जना व्यक्तिहरु समेत घाइते भएका छन् । केही दिनदेखी अविरल रुपमा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भईरहेको छ ।
खेतमा काम गरिरहेका र भारी वर्षा भएपछी रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर १९ जनाको मृत्यु भएको भारतिय संन्चार स्रोतले जनाएका छन्। भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानीका लागि सूचना ((एलो अलर्ट) जारी पनि गरेको छ।
मनसुन सुरु भएसँगै भारतमा हरेक वर्ष चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ अधिकारीहरुले बताएका छन् ।












प्रतिक्रिया दिनुहोस