
नारी बाटिका
काठमाडौँ २४ असार ।
मुलुकको विभिन्न जिल्ला कारागारमा रहेका ६३० जना कैदीवन्द्यीहरुको कैदकट्टा मिनाहाको सिफारिस भएका छन् । सरकारले कैदकट्टा मिनाहा गर्नका लागि सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक गरेको छ ।
गत जेठ १५ सम्म ५० प्रतिशत कैद सजाय भोगिसकेका कैदीलाई कानूनी अड्चनका कारण कैदकट्टा मिनाहा हुन बाँकी रहेको जनाएको छ ।सरकारले उनीहरूको कैदकट्टा मिनाहा गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।
देशभरका कारागारहरुबाट गत जेठ १५ गतेसम्म ५० प्रतिशत कैद सजाय भोगिसकेकाको नामावली कारागार व्यवस्थापन विभागमा आइसकेको विभागले जनाएको छ । यसका लागी संशोधन कानूनमा कैद मिनाहा गर्नुअघि ७ दिनको म्याद दिएर उजुरी आव्हान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस