आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

बैँकको एटिएम मेसिन तोडफोड गर्ने नुवाकोटका दुईजना पक्राउ

२०८१ अषाढ २६, बुधबार मा प्रकाशित ( १ साल अघि) ११८९८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २६ असार ।

माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गर्ने दुईजना पक्राउ परेका छन्। बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले दुईजनालाई पक्राउ गरेको हो ।

सो प्रकरणमा पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस