आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

बालाजुमा बैंकको एटीएम तोडफोड गर्ने एकजना युवक पक्राउ

२०८१ श्रावण १३, आईतबार मा प्रकाशित ( २ साल अघि) १३२९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ साउन ।

बालाजु चोकस्थित बैंकको एटीएम तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सो प्रकरणमा पक्राउ पर्ने रौतहट यमुनामाई गाउँपालिका वडा न. १ घर भई हाल काठमाडौं बडा नं. १४ कलंकी बस्ने वर्ष १८ वर्षीय राधेश्याम बैठा रहेका छन् ।

आज आईतबार दिउँसो काठमाडौंको बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा बैठालाई फलामको रड सहित पक्राउ गरेको हो । खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली खटिई गई काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उनको साथमा अन्य संलग्न छ वा छैन भन्ने लगायतका बारेमा ठप पुष्टी गर्नको लागी बैठालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भईरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस