आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

अष्ट्रेलियाको एक होटलमा हेलिकोप्टर ठोक्किएर दुर्घटना हुंदा पाइलटको मृत्यु

२०८१ श्रावण २८, सोमबार मा प्रकाशित ( १ साल अघि) १०००३ पटक पढिएको
नारी बाटिका


एजेन्सी २८ साउन ।

अष्ट्रेलियाको एक होटलमा हेलिकोप्टर ठोक्किएर दुर्घटना हुंदा पाइलटको मृत्यु भएको छ । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँन जाँदा एक पाइलटको मृत्यु भएको अष्ट्रेलियाको संन्चार माध्यमले जनाएको छ ।

आइतबार अष्ट्रेलियाको समय अनुसार अ.१ः५० बजे हिल्टन होटेलको डबलट्रीमा हेलिकप्टरले ठक्कर दिएको थियो। हेलिकप्टरले ठक्कर खाएलगतै त्यसबाट आगोको ज्वाला निस्कनुका साथै सयौँ अतिथि बस्ने स्थानलाईपनि धक्का दिएको थियो।

साथै उक्त हेलिकोप्टरमा चालक मात्रै रहेको र होटलका दुई अतिथिहरु मध्यका, करिब ८० वर्षका एक वृद्ध र लगभग ७० वर्षकी एक महिलालाई अस्पताल लगिएको र उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ। क्वीन्सल्याण्ड पुलिस र एभिएसन सेफ्टी वाचडगले दुर्घटना बारे अनुसन्धान गरिरहेको बताएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस