
नारी बाटिका
काठमाडौं ५ भदौ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपली संगीत उद्योग संघमा छापा मारेको छ। बुधबार अनामनगर पुगेर प्रहरी ब्युरोको टोलीले संघको कार्यालयमा छापा मारेको हो ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टालीले संघको कार्यलयबाट केही कागजात र कम्प्युटर लगायतका सामानहरु पनि बरामद गरेको छ । उद्योग संघले नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने समाचार बाहिर आएपछि छापा मारेको ब्यूरोले जनाएको छ ।
कार्यालयबाट कागत बरामद गरेपनि प्रहरीले कसैलाई पनि नियन्त्रणमा भने लिएको छैन। सो सम्वन्धमा ब्युरोले आवश्यक अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्नेछ ।








प्रतिक्रिया दिनुहोस