
नारी बाटिका
बिबियु नारी संन्चार रिपोर्टर
काठमाडौँ ७ भदौ ।
धादिङको नीलकण्ठ नगरपालिका दशमलव ५० अंकले देशभरीबाट प्रथम भएको छ । साथै हरेक कुरामा पटक पटक उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका यस पटक भने देशभरीबाट दोस्रो स्थान प्राप्त गरेको छ । तेस्रो चितवनको रत्ननगर नगरपालिका भएको छ ।
बिहीबार संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमुल्याकन लिजा द्वारा गरिएको मूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्यांकनमा देशकै उत्कृष्ट बन्न सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकन रिपोर्ट अनुसार नीकलण्ठ नगरपालिका ९२.५० अङक ल्याएर उत्कृष्ट भएको हो । प्रत्येक वर्ष विभिन्न १०० वटा सुचकहरुमा हुने मुल्याङ्कनको आधारमा आ.व २०७९।०८० मा देशका नगरपालिकाहरु मध्ये धादिङको नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको घोशणा गरिएको थियो ।
बिहीबार मन्त्रालयमा भएको कार्यक्रमा नीलकण्ठ नगरपालिकालाई मन्त्रालयका सचिव भरतमणी सुवेदीले उत्कृष्टताको सम्मान गर्नु भएको थियो ।आफु सेवारत नगरपालिका देशभरबाट उत्कृष्ट हुन सफल हुनुमा आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर नीलकण्ठ नगरपालिकाले काम गर्दै आएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।
जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता आएको नगर प्रमुख ढुंगानाले बताउनु भयो । प्रथम स्थान हासिल गराउन भुमिका खेल्ने जनप्रतिनिधी, कर्मचारी लगायत सरोकारवाला निकायहरुलाइ मेयर ढुंगानाले धन्यवाद ब्यक्त गर्नु भएको छ।








प्रतिक्रिया दिनुहोस