आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

पटक पटक नक्कली नोट सम्वन्धि प्रकरणमा पक्राउ,मेसिनसहित आठजना प्रहरीको नियन्त्रणमा

२०८१ भाद्र १७, सोमबार मा प्रकाशित ( १ साल अघि) १२३५५ पटक पढिएको
नारी बाटिका


सर्लाही – १७ भदौ ।

सर्लाहीबाट पटक पटक नक्कली नोट सम्वन्धि प्रकरणमा मानिस पक्राउ पर्ने क्रम जारी,मेसिनसहित आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२ मधुब गाउँबाट नक्कली नोट बनाउन प्रयोग गर्ने मेसिन सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ घर भएका २६ वर्षीय सौगात थापा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ४७ वर्षीय विजय लामालाई पक्राउ गरिएको हो ।

यसैगरी पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह ,रौतहटको चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राई ,ललितपुर महानगरपालिका–१ कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५ बस्ने ३७ वर्षीय अमिर खत्री,रहेका छन् ।

साथै भारत सीतामढीका थानाका ४९ वर्षीय राजिव ठाकुर र अर्का भारतीय नागरिक मेजरगन्ज बस्ने ४० वर्षीय सुवोध कुमार रहेका छन्। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि प्रहरीले सर्लाहीका विभिन्न स्थानबाट नक्कली नोट बनाउनेलाई पक्राउ गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस