
काठमाडौं– १८ भदौ ।
नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा.भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।
शोमबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम उक्त जिम्मेवारी दिनु भएको हो ।
सो विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनु भएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।












प्रतिक्रिया दिनुहोस