आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

अमेरिकामा १४ वर्षीय बालकले चलाएको गोली प्रहारबाट चार जनाले ज्यान गुमाए

२०८१ भाद्र २०, बिहिबार मा प्रकाशित ( १ साल अघि) ५३६८ पटक पढिएको
नारी बाटिका


एजेन्सी २० भदौ ।

१४ वर्षीय एक बालकले अमेरिकामा गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारबाट चार जनाको ज्यान गएको हो ।

विन्डरस्थित अपलाची हाईस्कुलमा हिजो (बुधबार) भएको उक्त घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन्। आक्रमणमा परी ९ जना घाइते भएको अमेरिकाका सञ्चारमाध्यमले जनाएका छन्।

गोेली चलाउने एक १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन्। प्रहरीले ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ। ति बालकले गोली हान्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरी अधिकारीले जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस