आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

बर्दियामा गैँडाको आक्रमणबाट एकको मृत्यु, अमेरिकी नागरिकसहित दुईजना घाइते

२०८१ भाद्र २१, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ४८३६ पटक पढिएको
नारी बाटिका


बर्दिया २१ भदौ ।

बर्दियामा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । साथै गैडाकै आक्रमण्बाट अमेरिकी नागरिकसहित  दुईजना घाइते भएका छन्। आज बिहान बर्दिया जिल्लाको मधुवन नगरपालिका(६ स्थित डल्ला सामुदायिक वन (बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका) क्षेत्रमा गैँडाले आक्रमण गर्दा एकको मृत्यु भएको हो।

आक्रमणमा परी मृत्यु हुनेमा एकजना नेचर गाइड Nature Guide। हुन् । साथै विदेशी नागरिक (अमेरिकी) एकजना सहित दुई जना घाइते भएका छन्।घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भई रहेको छ भने निज खतरामुक्त रहेको तथा अर्का घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

साथै घटनाको सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस