
नारी बाटिका
काठमाडौं – २५ भदौ ।
करिव २७ वर्षअघि किसुन बावुले सुरु गरेका मेलम्ची खानेपानी आयोजनामा भ्रष्ट्राचार गर्ने ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतले प्रतिवादी मध्ये तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो।
शोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोपितहरु मध्येका १० जनालाई भने ठोस प्रमाण नभेटिएपछी सफाइ दिएको छ ।
उनीहरु विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल तथा गएको वर्षमा मेलेम्ची खानेपानी आयोजनाको भ्रष्टाचार गरेको पाईएपछी तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।








प्रतिक्रिया दिनुहोस