आज: २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026

सुक्रबारसम्म भारी वर्षा हुन सक्ने भएकोले प्राधिकरणद्वारा(सुचना)सहित सतर्कता रहन आग्रह

२०८१ आश्विन १६, बुधबार मा प्रकाशित ( १ साल अघि) १०९६७ पटक पढिएको
नारी बाटिका


काठमाडौं – १६ असोज ।

असोज १८ गतेसम्म बागमती र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको जनाइएको छ । मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शाखाले एक सुचना जारी गर्दै आगमी असोज १८ सम्म यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना देखिएकोले यात्रा गर्दा सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो ।

प्राधिकरणदरा मंगलबार जारी सूचनामा भनेको छ, ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत् छ भनेको छ ।’

नागरिकहरुमा यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न र ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न प्राधिकरणले आग्रहसमेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस