
नारी बाटिका
महोत्तरी २४ असोज ।
महोत्तरीमा एक युवतीको मृत अवस्थामा शव फेला परेको छ। बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१ / २२ वर्षीया युवतीको शव फेला परेको हो।
बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म खुल्न सकेको छैन। युवतीको सनाखतको प्रयास भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताउनु खयो ।
घटनास्थलमा शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको शवलाई पोष्टमार्टमका लागि बर्दिवास अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार उक्त युवतीको शव विहान ७ बजे फेला परेको थियो ।
युवतीको शवलाई सामाजिक संजालबाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भइरहेको भनाई छ । साथै घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस