
नारी बाटिका
काठमाडौं ५ कार्तिक ।
बालिका र महिलालाई जबरजस्ती बेश्याबृत्तिमा लगाउने नुवाकोटकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तादी गाउँपालिका(३ नुवाकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
गोतामेलाई विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीको टोलले उनकै घरबाट पक्राउ गरेको थियो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार पनि गरेको छ ।
सीता गोतामेले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।
गोतामे उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थपको अनुमति लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस