
नारी बाटिका
सल्यान १३ कार्तिक ।
शोमबार सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक हिजो शोमबार बेलुकी अ. ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा सोही गाउँका १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनु भयो । सल्यान प्रहरी सुचना अधिकारी खत्रीका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो ।
त्यसैगरी सोही दुर्घटनामा घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत,१७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।
घाइते भएका सबैलाई अहिले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएको छ । घाइते भएका केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी छ ।








प्रतिक्रिया दिनुहोस