
नारी बाटिका
काठमाडौं २२ कार्तिक ।
अमेरिकामा फेरी ४७ औं राष्ट्रपतिमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बिजयी भएका छन् । अमेरिकी उपराष्ट्रपति रहेकी कमला ह्यारिस, डेमोक्र्याटिक बनेकी थिईन् तर उनको हार भएको छ भने ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार थिए । ट्रम्पले फेरी चुनाबी सफलत प्राप्त गरेका छन् ।
जितका लागि २७० इलेक्टोरल मतको आवश्यकता पर्नेमा ट्रम्पले २७९ मत ल्याए भने ह्यारिसले २२३ मत मात्रै पाइन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनु पर्ने कानुनी प्रावधान रहेको छ ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । जस अनुसार अमेरिकामा फेरी पनि ट्रम्पको वाहुल्यता बढेको छ








प्रतिक्रिया दिनुहोस