आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

एक अस्पतालमा आगलागी, हुंदा कम्तिमा १० नवजात शिशुको मृत्यु

२०८१ मंसिर १, शनिबार मा प्रकाशित ( १ साल अघि) ७२५९ पटक पढिएको
नारी बाटिका


काठमाडौं – १ मंसिर।

भारतको उत्तर प्रदेशस्थित एक मेडिकल कलेजमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ। उत्तर प्रदेशको झाँसीमा संन्चालित महारानी लक्ष्मीबाई मेडिकल कलेज अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा गएराति आगलागी भएको थियो।

उक्त घटनाको सम्वन्धमा झाँसी जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० बालबालिकाको मृत्यु को पुष्टि गरेको भारतीय सन्चार माध्यमले बताएका छन्। एनआईसीयू भित्रको युनिटमा सट सर्किटका कारण राति पौने ११ बजे आगलागी भएको थियो।

बीबीसीका अनुसार समयमै घटनामा उद्धार भएको कारण अन्य धेरै बालबालिकाको सकुशल उद्धार भएको जनाएको छ। सेनाको तालिम प्राप्त उद्धार टोलीले अस्पतालको वार्डको सिसा फुटाएर ३६ शिशुको उद्धार गरेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस