
नारी बाटिका
चितवन८ मंसिर ।
सहकारी ठगी प्रकरणमा ३ जिल्लाका अदालतबाट पक्राउ गर्न आदेश भइरहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।
पछिल्लो समयमा उनमाथी सहकारीको रकम ठगीको निकै आरोपहरु लाग्दै आएको छ । सोही प्रकरणमा सुक्रबार सभापती लामिछानेसहित १० जनाविरुद्ध चितवनस्थित सहारा सहकारीका बचतकर्ताले प्रहरीमा उजुरी दिएपछी जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रवार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
चितवनको साहारा वहुउदेस्य सहकारी संस्थाका बचतकर्ता पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । सहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।
साथै सोही प्रकरणमा पर्वगृह्रमन्त्री समेत भैसकेका रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् । यसअघि उनलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।








प्रतिक्रिया दिनुहोस