
नारी बाटिका
चितवन १२ मंसिर ।
चितवन राइनोजले काठमाडौंमा एनपीएल हेर्न आउने आफ्ना जिल्ला वासी क्रिकेट समर्थकहरुलाई निः शुल्क बस र खाजाको व्यवस्था गरेको छ ।
आज राइनोजले आफ्नो सामाजिक संजालमार्फत यसबारे जानकारी गराएको हो । राइनोजलेले सामाजिक संन्जालमा लेखेकोछ अफ्नो टिमप्रति दर्शकले देखाउने मायालाई सम्मान गर्दै यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ ।
यस्तै आफ्नो खेल भएको दिन चितवन मेडिकल कलेजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म निः शुल्क बस सेवा चलाउने बताएको छ । यसका लागि राइनोजले दैनिक ५ वटा बस व्यवस्था गरेको पनि जानकारी गराएको छ ।
तर उक्त खेल हेर्नको लागी टिकट खरिद गरेका समर्थकले मात्रै यो सुविधा उपभोग गर्न पाउनेछन् । टिकटसँगै खाजाको व्यवस्था पनि गरिएको बताएको छ । गाडी चितवन मेडिकल कलेजबाट बिहान ३ बजे काठमाडौंका लागि छुट्ने पनि जानकारी गराएको छ ।
मंसिर १७ गते चितवन राइनोजले आफ्नो पहिलो खेल काठमाडौं गुर्खाजसँग खेल्नेछ । सो खेल दिउँसो सवा १ मा सुरु हुनेछ ।








प्रतिक्रिया दिनुहोस