
नारी बाटिका
एजेन्सी
अमेरिकी अदालतले छोटो भिडियो एप टिकटकको अपिललाई खारेज गरिदिएको छ ।
कयौं मानिसले छाडा र अस्लिन शव्द र भिडियोहरु राखेर विश्वभर नै केही समयदेखी विवादमा पर्दै आएको टिकटकले आफ्नो कम्पनीले अमेरिकी सरकारको नियम अनुसार चल्ने भन्दै अमेरिकन सरकारलाई अपिल गरेको थियो । तर यो अपिललाई अेमेरिकन अदालतले खारेज गरिदिएको हो ।
अमेरिकन अदालतले टिकटक कम्पनीको अनुरोधलाई खारेज मात्रै नभएर आगामी दिनमा टिकटक अमेरिकामा प्रतिबन्धित हुनसक्ने बीबीसीले जनाएको छ । तर टिकटक कम्पनीले भने धेरै मानिसहरुले आफ्नो टिकटकबाटै लाखौं पैसा कमाई रहेका छन् ।
त्यसै कारणले पनि प्रतिबन्ध लगाउनुले धेरै नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भनी संघीय अदालतमा आफ्नो तर्क सुनिने टिकटक कम्पनीले आशा गरेको छ ।
अदालतले कानूनलाई असंवैधानिक घोषणा गर्ने टिकटकको अपेक्षा थियो तर, त्यसो भएन । अदालतले टिकटकको अपिल अस्वीकार गरेको छ । सन् २०२५ को रूपमा टिकटकलाई प्रतिबन्धित गर्ने वा बेच्ने कुरा गर्ने कानूनलाई समर्थन गरेको छ ।
टिकटकले यो कानूनी लडाइँ अझै नसकिएको र यसविरूद्ध सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ ।
टिकटकका मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिका यसलाई प्रतिबन्धित वा बेच्न चाहन्छ । टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकाको यो आरोप अस्वीकार गर्दै आएको छ ।







प्रतिक्रिया दिनुहोस