
नारी बाटिका
एजेन्सी ।
ब्राजिलको ग्रामाडो शहरमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
साथै सोही दुर्घटनामा परी १७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । एजेन्सीका अनुसार निजी विमान दुर्घटना भएकाले मृत्यु हुनेहरु सबै एकै परिवारका सदस्य रहेका बीबीसी हिन्दीको समचारले बताएको छ ।
उक्त विमान आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए । आफ्नै विमान दुर्घटनामा पाईलट लुइससँगै उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो ।
घटना बारे उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको समाचारमा उल्लेख छ । सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर तथा पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा सो क्षेत्रका भवनहरु पनि क्षतिग्रस्त भएको छ ।
ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी लुइस आफ्नो परिवारलाई भ्रमणमा लिएर जाँदै थिए । विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस