आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

रविको सोम.मंगलवार अदालत लगिएपनि पालो नआएपछी बयान आज पनि

२०८१ पौष १२, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ९८२८ पटक पढिएको
नारी बाटिका


पोखरा १२ पुस।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृह्रमन्त्री रवि लामिछाने विरुद्ध मुद्दा दायर भएपछी आज पनि बयान हुने भएको छ। सहकारी प्रकरणमा पक्राउ परी उनीविरुद्ध मुद्धा दायर भएसंगै सांसद पदबाट ेनिलम्बित भएका छन् । रास्वपा सभापति लामिछानेको बयान हिजोदेखी सुरु भएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सूचना अधिकारीका अनुसार लामिछानेको बाँकी बयान आज पनि जारी छ ।

उनलाई सोमवार र मंगलबार अदालतमा लगिए पनि पालो नआएपछी उनको बयान हुन सकेको थिएन । सोही बिचमा उनी सङ्घीय संसद्को सांसद पदबाट निलम्बन भइसकेका छन्। कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिएपछी मात्रै निक्र्यौल हुनेछ।

, कास्की सरकारी वकिलको कार्यालयले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। यो संगै लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस