
नारी बाटिका
पोखरा १३ पुस।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आरोप लागेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिनसम्म बयान लिएको हो ।
बिहीबारदेखि उनी माथि बयान सुरु भएकोमा शुक्रवार सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयन भएको थियो ।
उक्त सहकारी प्रकरणमा कात्तिक २ मा पक्राउ परी गत साता मात्रै अदालतमा मुद्धा दायर भएको लामिछानेसँगै अहिलेसम्म पूर्व डीआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।








प्रतिक्रिया दिनुहोस