
काठमाडौं १७ पुस ।
हरेक वर्ष अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालीको पहिचान बोकेको राष्ट्रिय पोशाक टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।
नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका,कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पाबिचमा सम्वन्ध राखेको छ। विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीले नेपालीको पहिचान बोकेकोले टोपीको महत्व बोकेको छ। तर, नेपाली नागरिकहरु मध्यपनि विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।












प्रतिक्रिया दिनुहोस