
मोरङ २२ पुस ।
बिराटनगर महानगरपालिका वडा नं. १३ को कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका(१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् ।
सिआरभी जतुवाबाट खटिएका प्रहरीको टोलिले भारतबाट बिराटनगरतर्फ जाँदै गरेको दुवैजनालाई उक्त सुन गोहोरोसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङमा पठाइएको छ ।












प्रतिक्रिया दिनुहोस