
मकवानपुर २७ पुस ।
मकवानपुरको मनहरीमा कार र स्कारपियो एक आपसमा ठोक्किएर ८ जना घाइते भएका छन्। शनिबार मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा आज दिउँसो अ.१ बजे स्कारपियो र कार एक आपसमा ठोक्किएर ८ जना घाइते भएका हुन् ।
वीरगन्जबाट चितवनतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौँडातर्फ जाँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै उक्त दुर्घटनामा परी घाइते भएका ८ जना सबैको अवस्था गम्भीर रहेकाले उपचारको लागि चितवनतर्फ पठाएको प्रहरीले बताएको छ।












प्रतिक्रिया दिनुहोस