
नारी बाटिका
प्रवास १ माघ ।
जापानमा सोमवार राति दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण(युएसजिएस)का अनुसार सोमवार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो।
त्यसो त संन्सार कै अन्य देशको तुलनामा सबै भन्दा बढी भूकम्प जाने देशका रुपमा परिचित जापान पर्दछ । यद्यमी शोमबार चाति गएको कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि गएराति २१ः१९ बजे एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउन सक्ने बताएका थिए।
तर युएसजिएसले भने आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ को मापन गर्दै यस भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको थियो। तर जेएमएले भने नागरिकलाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ।
एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ। कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस्।”







प्रतिक्रिया दिनुहोस