
काठमाडौं ३० माघ ।
सुनको मूल्यमा आज एकै दिनमा भारी गिरावट आएको छ । जस अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो(मङ्गलबार) छापावाला सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको थियो । तर आज एकै दिनमा दुई हजार ७०० ले घटेको हो। त्यसै गरी चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँले कारोबार भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस