
काठमाडौं ६ फागुन ।
भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा नेपालस्थित विद्यार्थीले प्रदर्शन गरेका छन् ।
मंगलबार नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)पब्लिक युथ कलेजले प्रकृति लम्सालको न्यायको लागि विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साल लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।












प्रतिक्रिया दिनुहोस