
नारी बाटिका
काठमाडौं १४ फागुन ।
महाशिवरात्रिका दिन धार्मिक विपरित कार्य गरी तहल्का मच्चाउने ७५जना पक्राउ
आराध्यदेव श्री पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रि मनाउने क्रममा धार्मिक विपरित कार्य गरी तहल्का मच्चाउने ७५जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुचना अधिकारी अपिलराज बोहराले जानकारी दिए।
सुचना अधिकारी बोहराले भन्नु भयो “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ।” पक्राउ परेकाहरुमध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको जनाएको छ।
महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
देश तथा विदेशबाट लाखौं भक्तजनको आस्था र विस्वासका धरोहर श्री पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौं भक्तजनको भीड लाग्ने गर्दछ । भक्तजनको सुविधाका लागि पाशुपत विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले संन्चारमाध्यलाई बताएका छन्।








प्रतिक्रिया दिनुहोस