
काठमाडौँ ।
नेपाल आयल निगमले ग्यासको मूल्य यथावत् रहेको दावी गरेको छ ।
मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरुबाट अब उपान्त सहज रुपमा ग्यास उपलब्ध हुने बताएको हो ।
ग्यास व्यवशायीहरुले ग्यासको मुल्उ बढाएको विषय सार्वजनिक भैरहेको अवस्थामा निगमले ग्यासको मूल्य यथावत् रहने दावी गरेको हो ।
उद्योगी र सरकारकोबिचमा आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो ।
तर निगमले भने ग्यासको मूल्य यथावत् रहने कुरा आज स्पष्ट पारेको छ ।














प्रतिक्रिया दिनुहोस