आज:  | Thu, 01, May, 2025

माटोको ढिस्कोले पुरिएका घाइतेलाई हेलिकप्टरबाट उद्धार

२८ फाल्गुन २०८१, बुधबार २०:०४ मा प्रकाशित ( १ महिना अघि) ३१३२ पटक पढिएको
नारी बाटिका


हुम्ला-२८ फागुन।

हुम्लामा माटोको ढिस्कोले पुरिएर घाईते मभएका चार जनालाई उद्धार गरी सुर्खेत अस्पतालमा ल्याइएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्कोले पुरिएर घाइते भएका उनीहरुको थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

साथै सोही स्थानमा मोटोको ढिस्कोले पुरिदा सोही गाउँकी नेत्रकला जैशीको मृत्यु भएको छ। घाइते भएकाहरु वर्षीया तिर्थकला जैशी, वर्ष ३७ का जालकी जैशी, वर्ष २२ का मन्जु जैशी र वर्ष २९ का लक्ष्मादेवी जैशीलाई थप उपचारका लागि सुर्खेत तर्फ पठाईएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सूचना अधिकारी राजेन्द्रकुमार चन्दले बताउनु भयो ।

उहाँका अनुसार ‘घाईतेहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको हो,’ उनीहरूको अहिले कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।’

घाइतेको सुर्खेतको वीरेन्द्रनगर–१२ स्थित पश्चिम एयर वेशदेखि हुम्लाको लागि टेकअप भएको नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस