
नारी बाटिका
काठमाडौं ४ चैत ।
अमेरिकाले ४३ देशका नागरिकलाई अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने भएको छ ।
भर्खरै न्यूओर्क टाइम्स अमेरिकी संन्चार माध्यमले दिएको जानकारी अनुसार ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरू अमेरिका यात्रा गर्नबाट बन्चित हुनेछन् ।
ट्रम्प प्रशासनले ति देशलाई तीन भागमा विभाजन गरेको छ भने उनीहरुको रङहरु रेड, अरेञ्ज र यल्लोमा छुट्याएको छ। रेड लिस्ट’मा राखिएका देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाइने भएको छ ।
‘अरेञ्ज लिस्ट’मा परेका देशका नागरिकहरूलाई आंशिक प्रतिबन्ध लाग्नेछ भने , ‘यल्लो लिस्ट’मा रहेका देशका नागरिकलाई ६० दिनभित्र आफ्ना सुरक्षा सम्बन्धी कमी कमजारीहरू सुधार नगरेमा अन्य सूचीमा सारिने चेतावनी दिइन्छ भनेको छ ।
यी कमजोरीहरूमा अमेरिका प्रवेश गर्ने यात्रुहरूको विवरण नदिएको, राहदानी वितरणमा कमजोर सुरक्षा प्रक्रिया अपनाएको वा प्रतिबन्धित देशका नागरिकलाई नागरिकता बेच्नेजस्ता मुद्दा समावेश हुन सक्ने बताईएको छ ।
1.रेड लिस्टमा परेका देशहरु
अफगानिस्तान,भूटान,क्युबा,इरान,लिबिया,उत्तर कोरिया,सोमालिया,सुडान,सिरिया,भेनेजुएला र यमन रहेका छन् ।
2.‘अरेञ्ज लिस्ट’मा रहेका देशहरुमा
बेलारुस,इरिट्रिया,हैटी,लाओस,म्यानमार,पाकिस्तान,रुस,सिएरा लियोन,दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन् ।
त्यस्तै 3.‘यल्लो लिस्ट’मा रहेका देशहरु
अङ्गोला,एन्टिगुवा र बारबुडा,बेनिन,बुर्किना फासो,कम्बोडिया,क्यामरुन,केप भर्डे,चाड,कङ्गो गणराज्य,कङ्गो लोकतान्त्रिक गणराज्य,,डोमिनिका, भूमध्यरेखीय गिनी,गाम्बिया,लाइबेरिया,मालावी,माली,माउरिटानिया,सेन्ट किट्स एन्ड नेभिस,सेन्ट लुसिया,साओ टोमे र प्रिन्सिपे, भानुआतु र
जिम्बाब्वे रहेका छन् ।







प्रतिक्रिया दिनुहोस