
काठमाडौं ७ चैत ।
बलात्कार मुद्दामा जेल परेका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् । बलात्कार गरेको कसुरमा जेलमा रहेका अछाम घर भएका दीपक साउद अस्पताल जाने बहानामा तेतैबाट भागेका हुन् ।
थुनुवामा रहेका साउदले बिरामी भएको भन्दै उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो । सोही क्रममा शौचालय जाने बहाना बनाएर गएका उनी शौचालयको झ्यालबाट हामफालेर भागेका हुन् ।
फरार थुनुवाको खोजी भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस