आज:  | Thu, 01, May, 2025

आज सल्यानमा भएको जिप दुर्घटनामा परी १७ जना घाइते

१० चैत्र २०८१, सोमबार १४:२९ मा प्रकाशित ( १ महिना अघि) २७९१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ११ चैत ।

सल्यानमा आज भएको जिप दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

शोमबार बिहान सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ गतियाना स्थित तिमिलेबाट सल्यान श्रीनगर तर्फ आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप दुर्घटना भई जिपमा सवार १७ यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका १ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका ३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय डम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, गिता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै घाईते हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका ५ की २१ वर्षीय भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका ४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका २ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका १० का अनुपम बुढाथोकी र कुमाख गाउँपालिका २ की २६ वर्षीया ललिता बुढाथोकी रहेको प्रहरीले जनाइएको छ ।

अहिले घाइतेहरु सबैको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस