
कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्यो,एकको मृत्यु, एकजना घाइते
चितवन १२ चैत।
चितवनको भरतपुर–२९ स्थित चौध किलो भन्ने ठाउँबाट त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । साथै ट्रकका सहचालक घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
घटनामा उद्धारका लागी प्रहरी चौकी जुगेडीबाट खटेको टोलीले चालक र सहचालकको उद्धार गरेको थियो । तर चालक राम नारायण यादवको भरतपुर सरकारी अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका सहचालक सुन्द्र कुमार यादवको उपचार भैईरहेको छ । साथै ट्रकमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस