
मकवानपुर १५ चैत ।
आज विहान मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ को म्याजिक भ्यान मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा एक आपसमा ठोक्किए दुर्घटना हुँदा म्याजिक गाडी चालकको मृत्यु भएको हो।
दुर्घटनामा परी मकवानपुर राक्सिराङ गाउँपालिका– ४ का चालक सन्देश कोइरालाको चितवन नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको मकवानपुर प्रहरीले जनाएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












प्रतिक्रिया दिनुहोस