आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

पत्रकार रजकको मृत्यु प्रकरण बारे अध्ययनका लागि समिति गठन

२०८१ चैत्र १६, शनिबार मा प्रकाशित ( १ साल अघि) ११४७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ चैत।

पूर्वराजा समर्थित समूहहरूले काठमाडौँको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारगृहमा भएको आक्रमणको अध्ययन गर्न नेपाल पत्रकार महासङ्घले सात सदस्यीय समिति गठन गरेको छ।

अध्ययन समितिमा महासङ्घका उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली, र सविन प्रियासन सदस्य रहेका छन्।

समितिले घटनाको विस्तृत अध्ययन गरी पत्रकारहरू र प्रत्यक्षदर्शीसँग छलफल तथा पीडितका परिवारसँग जानकारी लिन लागेको छ। घटना कसरी हुन गयो, सो बारे विस्तृत जानकारी लिई, पिडितका न्यायका लागी महासङ्घले भविष्यमा चाल्नु पर्ने कदम सम्वन्धि प्रतिवेदन तयार गर्नु समितिको मुख्य उदेस्य रहेको बताईएको छ ।

शुक्रबारको राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा आगलागी र तोडफोड गर्दै अराजक गतिविधिहरू गरेकाले सो घटनाबाट धेरै सार्वजनिक तथा व्यक्तिको सम्पत्तीको क्षति पुगेको छ भने दुईजना निर्दोषले ज्यान गुमाएका छन्।

यस प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ भने कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा पनि आक्रमण र तोडफोड भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस