
नारी बाटिका
धादिङ १६ चैत ।
धादिङको गजुरी गाउँपालिका २ बिप्लप जंगलमा लागेको आगोले दुई घर गोठ र चार बाख्रासमेत जलेर नष्ट भएका छन् । धादिङको गजुरी गाउँपालिका २ को बिप्लप सामुदायिक वनमा लागेको आगो माथिल्लो गाउँबस्तीमा आगो फैलिँदा उक्त गाउँको निम्न व्यक्तिहरुको घर गोठ जलेर नष्ट भएको हो । 
आज दिउँसो अ. ३ः४५ बजेको समयमा उक्त गाउँमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ घटना स्थालमा मलेखु प्रहरी चौकीबाट प्र.स.नि.सन्त बहादुर थापा मगरको कमाण्डमा टोली खटि गई प्रहरी र स्थानियको सहयोगमा आगो निभाउने कार्य भई रहेको,मलेको प्रहरी चौकीले जनाएको छ । घटना स्थान प्रहरी चौकी मलेखुबाट अं ७ कि.मि.दक्षिण तर्फ पर्दछ । 
प्रारम्भिक जानकारी अनुसार उक्त आगलागी बाट निम्न व्यत्तीको क्षति भएको छ ।
१. जिल्ला धादिङ गजुरी गा.पा.२ बिप्लप माथिल्लो गाउँ बस्ने बर्ष ४६ की चनमती बि.क.को ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले कच्ची घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको मानविय क्षती नभएको,३ वटा बाख्रा जली मृत्यु भएको ।
२, जिल्ला धादिङ गजुरी गा.पा.२ बिप्लप माथिल्लो गाउँ बस्ने बर्ष ४७ को खुम राज बि.क.को ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले कच्ची घर र गोठ जली नष्ट भएको मानविय,चौपय क्षती नभएको ।
घटनाको विस्तृत विबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस