
काठमाडौं २६ चैत।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट लागुऔषधसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई आज ६ किलो गाँजासहित विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।
ति विदेशी नागरिक महिलाको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी हुन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।












प्रतिक्रिया दिनुहोस