
नारी बाटिका
काठमाडौं २७ चैत।
आज लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भूभागका मौसममा आंशिक बदली छ। पछिल्लो समयमा देशभरका स्थानमा तुवाँलो लागिरहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भागका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। देशभरमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
हाल बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस