
नारी बाटिका
काठमाडौं २९ चैत।
चैत १५ को विषाल जनआन्दोलनको आयोजना गरेका राजावादी समुहले सोही आन्दोलनको प्रदर्शनमा हिंसात्मक गतिविधि भएपछी फरार भएका दुर्गा प्रसाईंलाई पक्राउ गरिएको कुरा पछिल्लो स्रोतले जनाएको छ ।
केही बेरअघि सम्म प्रसाई पक्राउ परेका हल्ला मात्रै हो भन्दै विज्ञप्ति जारी गरेको नेपाल प्रहरीले प्रसाईँलाई हिजै पक्राउ परेका र हाल प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको स्रोतले बताइएको छ ।
गत चैत १५ गते प्रदर्शनका नाममा तीनकुनेमा हिंसा भड्काएर फरार प्रसाईं फरार भएका थिए। उनलाई आजै भद्रपुरबाट काठमाडौं पठाइने तयारी रहेको बुझिएको छ ।
प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। नेपाल आइपुगेका प्रसाईलाई प्रहरीले आजै सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईँ नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो।
यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेको आरोप पनि लागेको छ ।
प्रहरीले १५ गतेको प्रर्दशन हिंसात्मक बनाएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरी आवाश्यक कारवाही गरेको छ।








प्रतिक्रिया दिनुहोस