आज: २०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

झडपपछि वीरगञ्जमा भोलि दिउँसोसम्म कर्फ्यू लाग्यो

२०८१ चैत्र ३०, शनिबार मा प्रकाशित ( १ साल अघि) ९०२२ पटक पढिएको
नारी बाटिका


  1. पर्सा ३० चैत।

वीरगञ्जमा झडप र तोडफोड भएका कारण जिल्ला प्रशासन कार्यलय पर्साले अहिले कर्फ्यू लगाइएको छ।

हनुमान जयन्तीको अवसरमा शनिवार निकालिएको शोभायात्राको क्रममा मुस्लिम र हिन्दु समुदायबीच तोडफोड र झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

आज साँझ ६ः३० बजेदेखि लागू हुने गरी महानगरपालिकाभित्रका चार किल्ला पूर्वतर्फ भेडिया चोक,पश्चिमतर्फ सिर्सिया पुल,उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

प्रशासन कार्यलयले सिमानाभित्र कसैले आवतजावत गर्न,कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस