आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०८२ बैशाख ४, बिहिबार मा प्रकाशित ( ११ महिना अघि) १०८८२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ वैशाख ।

हालको मौसममा केही वदली भैइरहेको छ । जसका प्रभावले आज देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली भैइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बिहिबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

त्यस्तै कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

पछिल्लो समयमा देशको मौसममा बदली तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस