
नारी बाटिका
काठमाडौं ४ चैत ।
विभिन्न चार निर्माण व्यवशायी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। आज( बिहीबार ) प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा एक सूचना प्रकाशन गरी दुई कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखी सुचना प्रकाशन गरेको हो।
यसरी सरकारको कालोसूचीमा पर्नेमा छिरिङ लामा डोङ र पम्बर लामाले संन्चालन गरेको बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि गोङ्गबु र सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर कालोसूचीमा परेका छन्।उक्त बिल्ड ब्रदर्सलाई एक वर्ष र एसएम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ।
यसैगरी सुकूँ रानामगरले संन्चालन गरेको राना फर्निचर सःमलि उद्योग मध्यखनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्तिले संन्चालन गरेको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा पनि कार्यालयको कालोसूचीमा परेको छ।
सरकारले राना फर्निचरलाई एक वर्ष ६ महिना र गौरीगोमालाई एक वर्षका लागि कुनै पनि निर्मााण सम्वन्धि काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको जारी सुचनामा उल्लेख गरिएको छ । 








प्रतिक्रिया दिनुहोस