आज:  | Mon, 16, Jun, 2025

दानव नदीमा ३ बालकहरु बेपत्ता भएपछी खोजी कार्य भइरहेको

८ बैशाख २०८२, सोमबार १७:४२ मा प्रकाशित ( १ महिना अघि) ३८७६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ वैशाख।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका ३ जना बालक बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न नदीमा गएका बालकहरु बेपत्ता भएपछी सशस्त्र प्रहरीको टोली खोजीकार्यको लागी खटिएको छ ।

बेपत्ता हुने बालकहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन रहेका छन् । तिनै जना नदीमा पौडी खेल्ने क्रममा शोमबार दिउँसो करीव साढे १२ बजेतिर डुबेर बेपत्ता भएको बताइएको छ ।

उद्धारका लागी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्था तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा जुटेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस