
काठमाडौं ९ वैशाख ।
नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ । गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै आज राजीनामा दिएका हुन् ।
गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मन्त्रिपरिषद्को निर्णयले गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा चुनिएका थिए ।
समिति गठनपछी एक महिनासम्म एउटा पनि बैठक बस्न नसकेकोमा पछुतो महसुश गरी उनले राजीनामा दिएको बताएका छन् । समितिको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असन्तुष्टि समेत जाहेर गरेका थिए । सोही विषयलाई लिएर राजीनामा दिएका हुन् ।












प्रतिक्रिया दिनुहोस