
सिन्धुली- १२ वैशाख ।
दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरूद्ध प्रहरीमा जबरजस्ती करणीको उजुरी परेको छ । नगर प्रमुख दनुवार विरूद्ध जबरजस्ती करणीको जाहेरी परेकोले प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेलेका अनुसार ‘पीडितले जाहेरी दिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ उहाँले भन्नु भयो ।
मेयर अधिकारीले दनुवारले आफुमाथी जबरजस्ती करणी गरेको भन्दै बिहीबार १७ वर्षीया एक बालिकाले जाहेरी दिएकी थिइन् । सिन्धुली जिल्ला अदालतका अनुसार हालसम्म अधिकारीको नाममा पक्राउ अनुमति भने जारी नभएको बताएको ।
अधिकारी माओवादी केन्द्रका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । एमालेका लक्ष्मण कार्कीलाई पराजित गर्दै उनी २०७९ सालको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।












प्रतिक्रिया दिनुहोस